पोखरा ।
नेपाल र बंगलादेश बीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले पहिलो हाफमै तीन गोलको अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि अन्जन विष्टले ह्याट्रिक गरेका हुन् ।
उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे । नेपाल विरुद्ध बंगलादेशले आक्रमणको प्रयास गरेपनि सफल भने हुन सकेन ।