कास्की माओवादीले ४५ आकांक्षीको नाम केन्द्र पठायो(नामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आगामी निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार बन्न आकांक्षा देखाएका ४५ जनाको नाम केन्द्र पठाएको छ ।

माओवादीले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीबाट सम्भावित उम्मेदवारको सूची पठाएको हो। जिल्ला पार्टी कमिटीको अनुसार प्रत्यक्ष र समानुपातिक गरेर ४५ जनाको नाम सिफारिस गरिएको हो ।

सिफारिस हुनेमा प्रतिनिधिसभाका लागि राजकाजी गुरुङ ‘करण’, योशादा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछाने, प्रदेश सभा क्षेत्रनम्बर १ क मा सांसद दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीले नाम सिफारिस भएको छ । १(ख)मा गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम सिफारिस भएका छन् ।

प्रदेशसभा २ (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री सिफारिस भएका छन् । त्यस्तै २ (ख)मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यको नाम सिफारिस भएको छ ।क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ ।

प्रदेशसभा ३ (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टंकप्रसाद अधिकारी र तीर्थ लुइँटेलको नाम सिफारिस भएको छ । त्यस्तै ३ (ख) बाट अग्नि कँडेल, दुर्गादत्त भण्डारी, त्रिभुवन पौडेल, हरिप्रसाद भण्डारी र गोविन्द्र अधिकारीलाई सिफारिस गरिएको हो ।

प्रतिनिधिसभाको समानुपातिक तर्फ सोमति गुरुङ, बखानसिंह तमु, राजकुमारी दुलाल, जुवेदा खातुन र अनिता भूर्तेल तथा प्रदेशमा अलिसा आले, जगमाया सुनार, गोमा ढकाल, विश्वेश्वर आचार्य र सन्तबहादुर भुजेलको नाम सिफारिस भएको छ ।

  • २८ भाद्र २०७९, मंगलवार १६:०७ प्रकाशित