काठमाडौं । एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा विभिन्न तहमा छलफल भएपनि सहमति भने हुन सकेन ।
बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दुई, तीन र सर्वपक्षीय छलफलबाट सहमतिको प्रयास जारी रहेको जानकारी दिए।
उनले सिट बाँडफाँटमा सहमति नजिक पुगेपनि अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताए। उनले एउटै क्षेत्रको सिटमा पनि दुई तीनवटा दावी गरेको अवस्था रहेको र यसको समाधानको प्रयास भइरहेको उल्लेख गरे।












