पोखरा ।
नेपाली कांग्रेस क्षेत्रीय समितिबाट प्रदेश र प्रतिनिधि सभा उम्मेदवार सिफारीस युवाहरुले पोखरामा गण्डकी प्रदेश स्तरिय युथ टेवल सम्पन्न गरेका छन् । सवल भविष्य समुन्नत देश, सरकार बनाउ जिताउँ यवा कांग्रेस भन्ने नारा दिइएको युथ टेवलमा प्रदेशका विभिन्न जिल्लाबाट उम्मेदवार सिफारीस ४७ युवाहरुको सहभागिता रहेको थियो । भेलाले ५ बुदेँ निष्कर्ष निकालेको छ ।
संघ र प्रदेशको दिगो विकास, सुशासन र सदाचारको पक्ष्ँमा सशक्त आवार कानुन निर्माण गर्ने कार्यमा अहम भुमिका खेल्न, रुपान्तर पुस्तान्तरण सहितको राजनीति व्यवस्थापन गर्नका लागि राज्य र पार्टीको निर्णायक तहमा युवाहरुको प्रभावकारी उपस्थिति बढाउन, शिक्षा स्वास्थ्यको सर्वसुलभ व्यवस्थापन, रोजगारीका प्रयाप्त अवसरहरु सृजना गर्न, अवसरहरुको न्यायिक वितरण गर्नका लागि प्रदेश र संघको चुनावमा युवाको उल्लेख्य सहभागिता बढाउनुपर्ने भेलाको निष्कर्ष छ ।
यस्तै नविन चिन्तन, सोँच र बिचार सहतिको युवाहरुको सहभागिता र नेतृत्वमा समुन्नत गाउँ र शहर निर्माण गर्न पहल, आन्तिरिक प्रजातन्त्र र जवाफदेहिता सहतिको विकासका लागि पनि पुराना र अग्रज नेताहरुलाई भिभावकीय भूमिका खेल्न आग्रह गर्ने भेलाले निष्कर्ष निकालेको छ ।
मतदाता र समयको माग अनुसार युवाहरुलाई उम्मेदवार बनाउन पार्टीलाई दवाव दिने उदेश्यले कार्यक्रमको अयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको संयोजन गरेका अजित क्षेत्रीले पुस्तान्तरण र रुपान्तरणका लागि अभियान चलाइएको बताए ।
कांग्रस कास्कीका सचिव एवं उम्मेदवारका आकांक्षी भानुभक्त ढकालले अहिले पावर र पदमा भएकालाई पुजा गर्ने, मान्ने, सत्ता र पार्टीमा भएका अग्रजले कुर्ची छाड्न नसकेको बताए । पद भन्दा बहिर गए पछि जति राम्रो काम गरे पनि अपमान सहनुपर्ने भएकाले नेताहरुले कुर्ची छोड्न चाहेनन्, त्यो कुर्ची चाहे प्रधानमन्त्रीको होस् या पार्टी सभापतिको होस् त्सलाई स्वर्ग सम्म लैजान चाहनु भएको छ, ढकालले भने ।
कस्की क्षेत्रनम्बर १ का सचिव सरोज केसीले आफु उम्मेदवार नभए पनि युवा उम्मेदवारलाई साथ र सहयोग रहने बताए । युवा युवाको बिचमा एउटै विचार बनाउन आवश्यक रहेको उनले बताए ।
स्याङ्जा क्षेत्रनम्बर २ (ख) मा प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवार युवराज पाण्डेले विपी कोइराला ४४ वर्षको उमेरमा देशको प्रधानमन्त्री भएको स्मरण गदै युवा पुस्तालेनै देशको नेतृत्व गर्न पाउनुपर्ने तर्क गरे । उनले ४८ सालमा प्रतिनिधित्व गरेका नेताले ८४ सम्माका लागि प्रतिष्प्रर्धा गदैँ छ, हजुरवाउका पुस्ता देखी नातीसम्मकाले एउटै नेतृत्वलाई नेतृत्व मानिरहेने कुरा कति रुचीकर हुन्छ, कति आकर्षण, भरोषा हुन्छ मुल विषय यो हो, उनले भने ।
समानुपातिक तर्फ आकांक्षी उम्मेदवार पुनम भट्ट भट्टराईले कांग्रेसका युवा सक्षम छन् भन्ने पुष्टि गर्नुपर्ने बताइन् । युवाहरुको स्वतन्त्रमा चर्चा भइरहेको बेला कांग्रेसले पनि सक्षम युवालाई उम्मेदवार बनाउनुपर्ने भट्टराईको भनाई छ ।
कास्की क्षेत्रनम्बर ३ बाट प्रतिनिधि सभाका लागि आकांक्षी उम्मेदवार ई. यमकृष्ण पौडेलले विज्ञ व्यक्तीहरु पनि कांग्रसबाट उम्मेदवार बन्नुपर्ने बताए । युवाले संसदमा पुगेर समस्याको समाधान दिन सक्ने क्षमता राख्नुपर्छ पौडेलले भने ।













