काठमाडौं ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सिट बाँडफाँटको विषय भोलि टुंगो लगाउने भएका छन् ।
आइतबार विहान प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले भोलि सिट बाँडफाँटको टुंगो लगाउने बताएका हुन् । आजको बैठकमा कार्यदलले गरेको कामबारे व्रिफिङ भएको थियो ।
प्राय कुराहरु मिलिसकेको एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् । भोलि सबै विषयमा टुंगो लगाउने निर्णय भएको जनाइएको छ।
गठबन्धनमा आबद्ध दल सिटको विषयमा आ–आफ्नै अडानमा छन् ।