चोलेन्द्रशमशेर जबराको चौथो बयान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो ।

यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न सोधिएको थियो । उनले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आएका छन् । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो ।

  • २६ भाद्र २०७९, आईतवार १४:३३ प्रकाशित