सिट बाँडफाँड कार्यदलले शीर्ष नेतालाई आन्तरिक सहमतिको खाका बुझाउने तयारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिएका छन् ।

आजको बैठकमा सिट बाँडफाँड कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलहरुबीच हुने चुनावी तालमेलको खाका बुझाउने तयारी छ।

मंगलबार राति अबेरसम्म बसेको कार्यदलको बैठकले आफूलाई प्राप्त कार्यादेशअनुसारको सुझाव बुधबार शीर्ष नेतालाई बुझाउने समझदारी बनाएको थियो । यसअघिका चुनावमा दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँडको खाका बनाइएको छ ।

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए ।

  • २२ भाद्र २०७९, बुधबार ११:२३ प्रकाशित