आज सुन तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७२५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७६५ रुपैयाँ थियो ।

  • २१ भाद्र २०८३, आईतवार ११:०५ प्रकाशित