साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

श्रीलंकामा भइरहेको साफ यु–१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ ।नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ ।नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् ।

नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ ।समूह ए मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन्।

  • २२ भाद्र २०७९, बुधबार ०९:५४ प्रकाशित