संसदको आयु लम्ब्याउने कुरा कुनै हालतमा स्वीकार्य छैन : गोकुल बाँस्कोटा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले संसद्को आयु लम्ब्याउने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन ।

नेपालका केही संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै बाँस्कोटाले सरकारले जनताको लोकतन्त्रलाई मुठ्ठीभित्र कैद गर्ने गरी यो संसद्को आयु लम्ब्याउन लागेको आरोप लगाएका हुन् ।

‘निर्वाचनको प्रक्रिया सुरु भएपछि, अझ मनोनयन दर्ता भएपछि संसद्को आयु लम्ब्याउने कुरा लिएर आइएको छ । यो सिधै लोकतन्त्रलाई गिज्याउने कुरा हो, जनताको अपमान गर्ने कुरा हो, जनताप्रति भरोसा नराख्ने कुरा हो । जनताको जनमतलाई च्यालेन्ज दिने कुरा हो ।’

उनले यसमा नेकपा एमालेको सहमति नहुने स्पष्ट पारे । उनले यो फिर्ता लिनु नै जनताको आवाज सुनेको हुने जिकिर गरे ।

  • २१ भाद्र २०७९, मंगलवार १६:०४ प्रकाशित