काठमाडौं ।
हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ नेपाली कांग्रेसबाट उम्मेदवार सिफारिस भएका छन् ।
उनी सर्लाही क्षेत्र नम्बर ४ को ‘क’ बाट प्रदेशसभा समानुपातिकतर्फ सर्वसम्मत सिफारिस भएका हुन् । उनको नाम एक नम्बरमा राखेर सिफारिस गरिएको छ । फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी गराउँदै जोगिन्दरले पार्टीका नेताहरूप्रति आभार जनाएका छन् ।
जोगिन्दर कांग्रेनिकट सांस्कृतिक संघमा आबद्ध छन् ।













