पोखरा उद्योग बाणिज्य संघमा केसी ग्रुपको ‘इन्ट्रि’

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा उद्योग बाणिज्य संघमा देशकै प्रतिष्ठित आद्योगिक घराना केसी ग्रुपको ‘इण्ट्रि’ भएको छ । संघको कर्पोरेट सदस्यमा केसी ग्रुपका बन्दना कार्की निर्विरोध चयन भएकी हुन् । उनले युनाइटेड इदी मर्दि हाइड्रोपावर कम्पनी प्रालिका तर्फबाट उक्त पदमा प्रतिनिधीत्व गरेकी हुन् ।

माछापुच्छ्रे बैंक प्रालिका निर्देशक समेत रहेकी कार्की पोखराको जोण्टा क्लव, नेपाल भारत मैत्री संघ लगायत अन्य सामाजिक संघसंस्थामा पनि क्रियाशिल छन् । संघको अर्को कर्पोरेट सदस्यमा इजी टे«डिङ प्रालिका रामप्रसाद कँडेल मनोनित भए ।

पोखरा उद्योग वाणिज्य संघले ३४ औं महाधिवेशन यहि भदौ २४ र २५ गते हुँदैछ । त्यसको पूर्वाद्र्धमै उनीहरु निर्विरोध भएका हुन् । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।

संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।

  • १९ भाद्र २०७९, आईतवार १०:०४ प्रकाशित