बेपत्ता पारिएका व्यक्तिको छानविन विधेयक समितिमा पठाउन स्वीकृती

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबारको प्रतिनिधिसभा बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक तेस्रो संशोधन २०७९ सम्बन्धित समितिमा पठाउन स्वीकृती दिएको छ।

कानुन मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए। प्रतिनिधिसभाले उक्त प्रस्ताव दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन सर्वसम्मतिले स्वीकृत गरेको हो।

  • १७ भाद्र २०७९, शुक्रबार १४:५० प्रकाशित