काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आग्रह र पूर्वाग्रहबाट माथि उठेर विश्वविद्यालयका समस्या पहिचान गरी समस्या समाधान गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ६९औं वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शंकरदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि पूर्वाग्रह नराखी विश्वविद्यालयका समस्या समाधान गर्नुपर्ने बताए ।
प्रधानमन्त्री देउवाले शैक्षिक विकासका लागि सरकार सदैव प्रतिबद्ध रहेको पनि बताए । प्रधानमन्त्री देउवाले विश्वविद्यालय विभिन्न समस्या र चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै तालाबन्दी र हड्तालले समस्या समाधान नहुने उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले शैक्षिक क्षेत्रको उन्नयनका लागि सरकार र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए ।