कार्यकतालाई माधव नेपालले भने : गठबन्धनमा सहमति भएन भने निराश नहुनुहोला

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा ((एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा सहमति भएन भनेर खिन्न, निराश नहुने कार्यकर्तालाई आग्रह गरेका छन् । गठबन्धनमा सहमति नभएमा एक्लै चुनाव लड्ने नेपालले बताए । सकेसम्म सम्मानका साथ सहमती गर्ने छौँ, नभए एक्लै लड्ने सोचँमा रहेको नेपालको भनाई थियो ।

पार्टीले मापदण्ड बनाएर उम्मेदवार टुन्गो लगाउने नेपालले बताए । टिकट पाउन हानथाप हुन सक्छ, टिकट वितरण भइसके पछि पार्टीले उठाएको उम्मेदवारलाई जिताउने गरी लाग्न कार्यकतालाई नेपालले दिर्नेशन दिए । जसले जिते पनि पार्टीले जित्नुपर्ने उनको भनाई थियो ।

नेपालले समानुपातीक मत बढाउने गरी पार्टीलाइ तल्लो तहसम्म खटाउन पनि आग्रह गरे । ३ प्रतिशत मत प्राप्त गर्ने पार्टीले मात्र राष्ट्रिय पार्टीको मान्यता पाउछने र त्यस पछि मात्र त्यस पार्टीले समानुपातीकको मतमा आफ्नो उम्मेदवारलाई जिताउन सक्ने नेपालले बताए । प्रत्यक्ष होस् या समानुपातीक दुइटै चुनावको तायारीमा जुट्नुपर्छ, उनले भने ।

आफ्नो ठाउको काम नछोड्नु होल, आफ्नो ठाउको काम छोडेर पोखरामा बस्ने, काम छोडेर काठमाडौं धाउने, पार्टी अफिसमा पलेटि कसेर बस्ने यो काम गर्नुपर्ने जरुरी छैन, जनताको घरघरमा जानोस् पार्टीले जे निर्णय गर्छ त्यसको आधारमा जुट्ने काममा लाग्नोस्, नेपालले भने ।

नेपाली कांग्रेस भित्र सबै जम्मै आफै मात्र सोहोर्ने प्रबृती रहेको नेपालले बताए । नेपाल आदिवासी जनताति महासंघ (समाजवादी),को प्रथम कास्की जिल्ला भेलालाई पोखरामा सम्बोधन गदै नेपालले सबै आफै मात्र सोहोर्ने उभ्रेको बाकीँ अरुलाई दिउ भन्ने हो भने त्यो सम्भव हुन नसक्ने बताए ।

सिटबाडफाटमा भएको रस्साकसीलाई लिएर नेपालले कांग्रेस प्रति असन्तुष्टि पोखेका हुन् । सम्मानका साथको सहमती स्विकार्य हुन्छ, उभ्रेको फालिएको चिज हामीलाई कसैले दिनखोज्छ भने त्यसलाई आफुहरुले स्विकर गर्न सकिदैन, हामी पनि स्वाभिमान भएको पार्टी हौँ, उनले भने ।

  • १७ भाद्र २०७९, शुक्रबार १५:३० प्रकाशित