प्रचण्डको दाबी : क्षेत्र र प्रदेश तोकेरै गठबन्धनमा सिट बाँडफाँट हुन्छ

केन्द्रभाग मिडिया

सुर्खेत ।

गठबन्धनमा सिट बाँडफाँटका लागि सकस परिरहेको बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने क्षेत्र र प्रदेश तोकेर सिट बाँडफाँट हुने बताएका छन् ।

गठबन्धनमा सिट बाँडफाँट सहमति नजिक पुगेको भन्दै प्रचण्डले क्षेत्र र प्रदेश तोकेरै भागवण्डा मिलाउने तयारी भइरहेको बताएका छन् । आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले गठबन्धनभित्र बाहिर चर्चा भएजस्तो कुनै विषयमा असहमति नभएको दाबी गरे ।

सो क्रममा प्रचण्डले आगामी निर्वाचनमा चितवन-३ बाटै चुनाव लड्ने बताए । नेकपा (एकीकृत समाजवादी)सँग एकताको प्रयास भइरहेको भन्दै प्रचण्डले निर्वाचनमा एउटै घोषणा पत्र आउन सक्ने संकेत गरे ।

  • १७ भाद्र २०७९, शुक्रबार १०:०० प्रकाशित