काठमाडौं ।
पाकिस्तानमा बाढीमा परेर हालसम्म ज्यान गुमाएका मध्य ३८० जना बालबालिका रहेको अन्तराष्ट्रि समाचार संस्थाले जनाएका छन् ।
मुसलधारे वर्षापछि आएको बाढीमा परी अहिलेसम्म १ हजार १ सय जनाले ज्यान गुमाइसकेका छन् । पाकिस्तानको बाढीलाई ‘अप्रत्यासित जलवायु विपत्ति’ भन्दै राष्ट्रसंघले सहयोगका लागि आह्वान गरेको छ ।
भारी मनसुनपछिको विनाशकारी बाढीले घर, व्यवसाय, पूर्वाधार र बालीहरू ध्वस्त पार्नुका साथै देशका ३ करोड ३० लाख मानिसहरुलाई असर गरेको छ । वर्षाले देशको एकतिहाई भूभाग जलमग्न भएको पाकिस्तानकी जलवायुमन्त्रीले बताएकी छिन् । ‘देशको एक तिहाई भाग पानीमुनि छ’ जलवायु परिवर्तनमन्त्री सेरी रिहमानले भनिन् । पानी छिट्टै कम नहुने उनले बताइन् ।
एक दशकयताको बाढीले १० अर्ब डलरभन्दा बढी क्षति पुर्याएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । तर, यो क्षति सरकारले अनुमान गरेभन्दा बढी हुन सक्ने प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।