डा. गोविन्द केसीद्वारा फेरि अनसनको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै बारम्बार आमरन अनसन बस्दै आएका डा. गोविन्द केसीले फेरि अनसनको घोषणा गरेका छन् ।
केसीले विभिन्न ६ बुँदे मागसहित अनसनको घोषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै केसीले स्वास्थ्य क्षेत्र र अन्य सरोकारका आफूले उठाएका माग सम्बोधन नभए भदौ २७ देखि अनसन सुरु गर्ने घोषणा गरेका हुन् ।

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क गरिनुपर्ने, स्थानीय निकायको बजेटको आधा हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी गरिनुपर्ने, अवैधानिक स्वास्थ्य संस्थाहरूमाथि नियन्त्रण गरिनुपर्नेलगायतका माग उनले अघि सारेका छन् ।

  • १२ भाद्र २०७९, आईतवार १५:४५ प्रकाशित