बजार विक्री प्रतिनिधि संघ पोखराले मानव सेवा आश्रममा खुवायो दर

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल बजार विक्री प्रतिनिधि संघ पोखराले जेष्ठ नागरीकलाई दर खुवाएको छ । संघले पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रीत जेष्ठ नागरीक तथा असाहय बुवा आमाहरुलाई दर खुवाएको हो ।

अश्रममा ६५ जना आमाहरु आश्रीत रहेका छन् ।

कुशे औंशी (बुवाको मुख हेर्ने दिन) को अवसर पारेर संघले आश्रममा दर खुवाउने कार्यक्रमको अयोजना गरेको संघका अध्यक्ष बाबुराम तिवारीले जानकारी दिए । बुवा प्रति सम्मान व्यक्त गर्ने दिनको अवसरमा पुण्ड काम गर्नु पर्छ भन्ने उदेश्यले आश्रममा कार्यक्रम गरिएको तिवारीले बताए ।

कार्यक्रममा नेपाल बजार बिक्री प्रतिनिधि संघका संस्थापक अध्यक्ष प्रेम प्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै गौतमले मानव भइसके पछि सामाजिक उत्तरदायीत्वबाट विमुख हुन नहुने बताए । बजार प्रतिनिधिहरुको हकहितमा काम गर्ने संस्था भए पनि समाजको आवश्यकतालाई ध्यान दिदै संस्थालाई सामाजिक कृयाकलापमा जोड्न गौतमले सुझाव दिए ।

मानव सेवा आश्रमले संचालन गदै आएको उक्त आश्रम विभिन्न सामाजिक संघ संस्थाले सहयोग गदैँ आइरहेका छन् ।

आश्रम व्यवस्थापनमा सहजिकरण गदैँ आएकी सम्झना बर्तौलाले असहज जिवन जिउन बाध्य नागरिकलाई आश्रममा आश्रय दिने गरिएको जानकारी दिइने । विभिन्न व्यक्ती र सामाजिक संघसंस्थाको सहयोग नै आश्रम संचालनको आधार रहेको बर्तौलाले बताइन् ।

  • १२ भाद्र २०७९, आईतवार १३:०३ प्रकाशित