पोखरा– २८ कृषि संजालमा चन्द्रकान्त तिवारी चयन

केन्द्रभाग मिडिया

पोखा ।
पोखरा महानगर–२८ मा कृषि सांजाल गठन भएको छ । संजालको संयोजकमा चन्द्रकान्त तिवारि चयन भएका छन् । कृषकहरुको भेलाले वडास्तरीय संजाल गठन गरेको हो ।

जसको सहयंयोजकमा राधिका देवी पौडेल, सचिवमा सर्मिला सुनार, कोषाध्यक्षमा अनिता तिवारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा ऋषीराम कडेल, विमला थापा, अम्बर बहादुर गुरुङ, शोभित बहादुर अधिकारी, रावित्री क्षेत्री, बुद्धि प्रसाद भुर्तेल, राधाकृषण भुर्तेल र बृद्धि बहादुर तिमिल्सेना रहेका छन् ।

संजाल गठन कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले कृषि पेशलाई थप व्यवस्थित र व्यवसायीक बनाउन आवश्यक रहेको बताए ।

संयोजकमा चयन भए पछि तिवारीले कृषकको हक हितका लागि संजालमा काम गर्ने प्रतिवद्धता जनाए । पोखरा–२८ मा कृषि योग्य जमिन प्रसस्त रहेकाले कृषिबाट जिविको पार्जन मात्र नभई व्यवसायीक बन्न सकिने बताए ।

पोखरा महानगरपालिकाले कृषि क्षेत्रको विकास गर्न भन्दै केषि संजाल कार्यान्वयन कार्यविधि २०७५ ल्याएको छ । सोही विधि अनुसार सबै वडामा कृषि संजाल गठन गर्ने महनगरको नीति छ ।

कृषि उपज उत्पादक, कृषक, कृषि समूह, केषि सहकारी, कृषि सामाग्री वितरक, कृषि उपज बिक्रेता, कृषिसंग सम्बद्ध अन्य संघसंस्था यस संचालमा आवद्ध हुन सक्ने व्यवस्था गरिएको छ ।

  • १२ भाद्र २०७९, आईतवार ११:४७ प्रकाशित