भिजिट भिसामा खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइए

केन्द्रभाग मिडिया

काठमाडौं ।
शंकास्पद कागजात बोकी खाडी मुलुक जान लागेका १९७ जना विमानस्थलबाट फर्काइएका छन् ।

भिजिट भिसामा खाडी मुलुक जान लागेका उनीहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले गत बुधबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ। रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्। महिलाहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

  • १२ भाद्र २०७९, आईतवार ०९:०१ प्रकाशित