पोखरा ।
पोखरा महानगरपालिकाले एकद्धार प्रणाली मार्फत महनगरको सेवा सुरुवात गरेको छ । महानगरले सेवा प्रवाहलाई सहजता ल्याउने उदेश्यले एकद्धार प्रणाली काउन्टरको स्थापना गरेको छ ।
काउन्टरको शुक्रबार महानगर प्रमुख धानराज आचार्यले उद्याटन गरे । महानगरले प्रदान गर्ने सेवामा नागरिकले सास्ती खेप्न नपरोस भनेर एकद्धार प्राणाली लागू गरिएको आचार्यले बताए । सेवा प्रवाह सहज, छिटो छरितो, पारदर्शी र नागरिमैत्री हुने आचार्यले विश्वास व्यक्त गरे ।
शाखा अनुसारका एघार वटा काउन्टर बनाइएको छ ।
महानगरको मुख्य प्रशासनिक भवनको भुइ तलामा काउन्टरको स्थापना गरिएको छ । सेवाग्राही अब विभिन्न शाखामा जानुपर्ने छैन सम्बन्धीत काउन्टरमा फाइल बुझाए पछि कर्मचारीले उक्त फाइलको प्रकृया पुरा गरेर सेवाग्रहीलाई फिर्ता दिने छन् । महानगरले काउन्टरको वाहिर सेवाग्राही आरामदायी प्रतिक्षा कक्ष बनाएको छ ।
सेव प्रवाहमा जटिलता वा अन्यौलता सिर्जना भएमा प्रमुख प्रशासकीय अधिकृत वा सम्बन्धित शाखाका कर्मचारीले सहजीकरण गर्ने छन् ।
मानगर प्रमुखसंग प्रत्यक्ष भेट्नका लागि अफिसमा भएको समयमा २ देखी ३ बजेसम्म मेयरसंग भेट्ने समय तोकिएको छ ।
जनताको गुनासो सुन्नका लागि महानगरमा हेल्लो मेयर कक्ष पनि स्थापना गरिएको छ । टोल फ्रि नम्बर ११८१ मा फोन गरी समस्या र गुनासो टिपोट गर्न सकिने छ । टिपाएका गुनासोलाई सम्बन्धित शाखाबाट जवाफ दिइने प्रमुख आचार्यले बताए ।













