पोखरा ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनीको अध्यक्षमा योगेन्द्रबहादुर केसी बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी ऐनकुमार साईलाई पछि पादैँ केसी कम्पनीको अध्यक्षमा दोहोरिएका हुन् ।
साईलाई केसीले ४ सय ७२ मतले पछि पारे । बिहिबार सम्पन्न दोस्रो अधिवेनमा अध्यक्षमा निर्वाचित केसीले ७ सय ६२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी ऐनकुमार साईले २ सय ९० मत प्राप्त गर्दा धर्मराज अर्यालले ५६ मत प्राप्त गरेका छन् ।
यस्तै संचालकमा जयप्रसाद शर्मा, बाबुराम दवाडी, अशोक कुमार चौधरी, जसबहादुर गुरुङ, काशीशर्मा न्यौपाने, मेखराज त्रिपाठी, ज्ञानबहादुर केसी, भरतकुमार मल्ल, कृष्णबहादुर बल्छौडी र रमेश कुमार श्रेष्ठ विजयी भएका छन् ।