आज यी प्रदेशमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

अहिले बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भईरहेको छ । मनसुनमा आंशिक बदली रहेकाले देशभरको मौसम बदली भएको छ ।

आज दिउँसो लुम्बिनी र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मध्यम वर्षाको सम्भावना रहेको प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • ९ भाद्र २०७९, बिहीबार ०९:०५ प्रकाशित