काठमाडौं ।
साताको चौथो कारोबार दिन बुधबार(आज) शेयर बजारमा सामान्य सुधार भएको छ । बजार परिसूचक नेप्से २.८७ अंक (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।
नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । हिजो १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम डेढ अर्ब नाघेपनि औसतभन्दा तलै रहेको छ । नेप्सेमा आज ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ ।
आज कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ ।
यता सिद्धार्थ इक्विटी फण्डको इकाई मूल्य ३.५८ प्रतिशतले गिरावट भएको छ । यस्तै गोर्खाज फाइनान्सको शेयर मूल्य २।३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य २.३१ प्रतिशतले घटेको छ ।