आज युरो र पाउण्ड घट्यो, डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको चौथो दिन बुधबार आज युरो र पाउण्डको भाउ घटेको छ ।

आज एक युरोको खरिददर १२६ रुपैयाँ ४८ पैसा बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो भने एक युरोको खरिददर १२७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२८ रुपैयाँ १९ पैसा थियो।

यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५० रुपैयाँ ५४ पैसा रहेको छ । हिजो युके पाउण्ड एकको खरिददर १५० रुपैयाँ ५३ र बिक्रिदर १५१ रुपैयाँ २३ पैसा रहेको थियो।

आज डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०९ पैसा रहेको छ ।

आज एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ २८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७१ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ११ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८४ पैसा र बिक्री दर ३५ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४० पैसा र बिक्रीदर २८ रुपैयाँ ५४ पैसा रहेको छ ।

 

  • ८ भाद्र २०७९, बुधबार १०:१९ प्रकाशित