गण्डकी प्रदेशका यी जिल्लाबाट बन्दकर्ता प्रकाउ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशबाट ८ बन्दकर्ता पक्राउ परेका छन् । बन्दको प्रचार गर्दै बजार बन्द गराउँदै हिडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

बागलुङमा ५ र कास्कीमा ३ गरि ८ जनालाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता शारदाप्रसाद चौधरीले जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत अन्य तीन दलले आज नेपाल बन्द गरेका थिए । बन्दको प्रभाव पोखरामा आंशिक परेको थियो ।

गठबन्धन सरकारले गरेको राष्टघाती एमसीसी संझौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भ्रष्टाचारको विरुद्ध विप्लव समूहले बन्द आह्वान गरेको हो ।

  • ७ भाद्र २०७९, मंगलवार १७:१३ प्रकाशित