काठमाडौं ।
काभ्रेमा बन्दकर्तालाई स्थानीयले कुटेका छन् ।
बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् ।
कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।
त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले छुटाएर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।














