पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन सोमबार आज डलर र युरोको भाउ उस्तैउस्तै छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।
यस्तै एक युरोको खरिददर १२७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ४१ पैसा छ । हिजो भने एक युरोको खरिददर १२८ रुपैयाँ १३ पैसा बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा थियो। आज एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ९३ पैसा रहेको छ।
आज युके पाउण्ड एकको खरिददर १५० रुपैयाँ ६४ र बिक्रिदर १५१ रुपैयाँ ३५ पैसा रहेको छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४५ पैसा र बिक्रीदर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।