बुटवल ।
बुटवल ।
रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका दुई जना मृत भेटिएका छन् ।
आइतबार राती बाससँगै बास बस्न गएका एक महिला र एक पुरूष सोमबार बिहान भने मृत फेला परेका हुन् । मृत भेटिनेमा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिला रहेको खुल्न आएको छ।
बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं। १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एकरडेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













