रुपन्देहीमा गोली चल्यो, एक घाइते

केन्द्रभाग मिडिया

रुपन्देही ।

रुपन्देहीको ओमसतिया–४ स्थित वसन्तपुरमा गोली चलेको छ । अज्ञात समूहले चलाएको गोली लागेर ३१ वर्षका विकास गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया घर भएका विकास गुरुङलाई गोली हानेपछि लुटेरा समूहले नजिकै रहेको सिद्धार्थ कटेज (ढावा पसल)बाट पैसा लुटेर भागेका छन् ।

प्रारम्भिक अनुसन्धानबाट २५ हजार लुटपाट भएको खुलेको प्रहरीले जनाएको छ। गोली हान्नेहरू पल्सर मोटरसाइकलमा आएका थिए । राति पौने १२ बजेतिर गोली प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

  • ३० श्रावण २०७९, सोमबार ०८:३१ प्रकाशित