आज युरो बढ्यो, डलर र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (बुधबार)युरोको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १३० रपैयाँ ०४ पैसा र बिक्रीदर १३० रुपैयाँ ६५ पैसा रहेको छ। हिजो एक युरोको खरिददर १२९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३० रुपैयाँ २० पैसा छ ।

आज डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा बिक्रीदर १५४ रुपैयाँ ६८ पैसा रहेको छ ।

भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६८ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७८ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५४ पैसा र बिक्रीदर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।

  • २५ श्रावण २०७९, बुधबार १०:२० प्रकाशित