आज डलर बढ्यो,युरो र पाउण्डको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (मंगलबार) डलरको भाउ बढेको छ ।

आज डलर एकको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो एक डलरको खरिददर १२६ रुपैया ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा थियो । यस्तै आज बेलायती पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ८३ पैसा बिक्रीदर १५४ रुपैयाँ ५६ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १२९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा छ । भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०८ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९२ रुपैयाँ २२ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६६ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३४ रुपैयाँ छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६७ पैसा र बिक्री दर ३४ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा रहेको छ ।

  • २४ श्रावण २०७९, मंगलवार १०:०५ प्रकाशित