आज पाउण्ड र युरो घट्यो : डलरको भाउ कति ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार दिन आज (सोमबार) बेलायती पाउण्ड र युरोको भाउ घटेको छ । आज बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६९ पैसा बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा रहेको छ ।

जुन हिजो पाउण्ड एकको खरिददर १५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५४ रुपैयाँ १६ पैसा थियो । यस्तै आज युरो एकको खरिददर १२८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४१ पैसा छ । हिजो भने युरोको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रीदर १३० रुपैयाँ ०२ पैसा थियो।

आज एक डलरको खरिददर १२६ रुपैया ४८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ०८ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ८१ पैसा रहेको छ ।यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९९ पैसा रहेको छ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८२ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५० पैसा र बिक्री दर ३४ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।

  • २३ श्रावण २०७९, सोमबार १०:०७ प्रकाशित