चीनले सुरु गर्‍यो चीन वरिपरि सैन्य अभ्यास : दुई मिसाइल प्रक्षेपण

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सिमाना वरपर सैन्य अभ्यास थालेको छ ।

चीनले सैन्य अभ्यासको थालनी गर्दै ताइवान नजिक दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा समेत हुने जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर आफूहरुले युद्ध नचाहेको जनाएको छ ।

अमेरिकी सभामुख पेलोसी गत मंगलबार ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसँग भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी थिइन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानबीच विवाद बढाएको छ ।

  • १९ श्रावण २०७९, बिहीबार १४:१२ प्रकाशित