इन्जिनमा धुवाँ देखिएपछि श्री एयरको जहाज नेपालगञ्ज फर्कीयो

केन्द्रभाग मिडिया

नेपालगञ्ज ।

श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । जहाजको इन्जिनमा धुवाँ देखिए पछि नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको जहाज पुनः नेपालगञ्ज पुगेर अवतरण गरेको हो ।

बायाँ इन्जिनमा धुवाँ देखिए पछि विमानस्थलमा इमर्जेन्सी लागू गरिएको नेपालगञज विमानस्थलले जनाएको छ । इन्जिनमा समस्या भएको चालकदलले थाहापाउदा सम्म जहाज १० माइल उडिसकेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत रहेको श्री एयरले जनएको छ ।

  • १९ श्रावण २०७९, बिहीबार ११:१४ प्रकाशित