नेपालगञ्ज ।
श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ । जहाजको इन्जिनमा धुवाँ देखिए पछि नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको जहाज पुनः नेपालगञ्ज पुगेर अवतरण गरेको हो ।
बायाँ इन्जिनमा धुवाँ देखिए पछि विमानस्थलमा इमर्जेन्सी लागू गरिएको नेपालगञज विमानस्थलले जनाएको छ । इन्जिनमा समस्या भएको चालकदलले थाहापाउदा सम्म जहाज १० माइल उडिसकेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत रहेको श्री एयरले जनएको छ ।













