पोखरा ।
पोखराको पर्यटकीय एरिया लेकसाईडमा पर्यटकलाई अनावश्यक दुख हैरानी दिने थप ३ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अनावश्यक दुख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न थप तीन महिलालाई आज बिहान साढे २ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनीहरुमाथि थप अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ । पछिल्लो समय लेकसाइडमा विभिन्न किसिमका प्रलोभन देखाई पर्यटकलाई अनावश्यक दुख हैरानी दिने, लुटपाट, तथा अनैतिक क्रियाकलाप बढेको भन्दै जनगुनासो बढिरहेको छ।













