नागरिकता विधेयक राष्ट्रिय सभामा टेबुल हुँदै

केन्द्रभाग मिडिया

संघीय संसद अन्तर्गत सोमवार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची छ ।

राष्ट्रिय सभाबाट पारित भइ प्रतिनिधि सभामा पठाइएका नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभामा गराउने कार्यसूची रहेको छ ।

  • ९ श्रावण २०७९, सोमबार ११:०९ प्रकाशित