आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

आज युरो र पाउण्डको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन सोमबार आज एक युरोको खरिददर १३० रुपैयाँ १८ पैसा र बिक्रीदर १३० रुपैया ८० पैसा रहेको छ ।

हिजो युरो एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको थियो। यस्तै आज बेलायती पाउण्ड एकको खरिदर १५३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७५ पैसा रहेको छ । हिजो भने बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ १० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८२ पैसा रहेको थियो ।

आज एक डलरको खरिददर १२७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । भने एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७१ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९२ रुपैयाँ २९ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०८ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८० पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ ।

  • ९ श्रावण २०७९, सोमबार ०९:४४ प्रकाशित