युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसको मिसाइल आक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुसले युक्रेनको बन्दरगाह शहर ओडेसामा मिसाइल आक्रमण गरेको छ ।

रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टा नबित्दै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको हो । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ ।

युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए, तीमध्ये दुईवटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसेका छन् । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी छ ।

  • ८ श्रावण २०७९, आईतवार ०९:४८ प्रकाशित