बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।
बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो।

साउन २ गते मन्त्री घनश्याम दाहालले साउन ५ गतेदेखि लागू हुने गरी भाडा वृद्धिको निर्णय गरेका मन्त्रालयले जनाएको छ । भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको छ ।

त्यस्तै १० किलोमिटरसम्मको भाडा भने २५ बाट बढेर २७, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटर भन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।

उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले भाडा वृद्धि गर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

भाडा दर हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना

  • ६ श्रावण २०७९, शुक्रबार १७:०९ प्रकाशित