काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट ऋण लिने बैंक तथा वित्तीय संस्थाले अबले ८.५ प्रतिशत ब्याज तिर्नुपर्ने भएको छ । आज राष्ट्र बैंकले मौद्रिक निती सार्वजनिक गर्दै ऋण लिँदा तिर्नुपर्ने ब्याजदर बढाइएको छ ।
नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले बैंक दर ८.५ प्रतिशत पुर्याएको छ । यसअघि यस्तो ब्याजदर ७ प्रतिशत थियो । यसले समग्र ब्याजदर बढाउन दवाव पुग्नेछ ।