पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३५ पैसा रहेको छ । हिजो पाउण्डको एकको खरिददर १५३ रुपैयाँ र बिक्रीदर १५३ रुपैयाँ ७२ पैसा रहेको थियो।
यस्तै आज युरो एकको खरिददर १३० रुपैयाँ ०७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६८ पैसा रहेको छ । आज एक डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।भने एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९९ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३४ रुपैयाँ १२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९० पैसा र बिक्री दर ३५ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७७ पैसा रहेको छ ।