काठमाडौं।
नेकपा एमालेका उपमहासचिव एवं सांसद प्रदीप ज्ञवालीले अचाक्ली ढंगले मूल्य बृद्धि हुँदा पनि सरकारले रोक्न नसकेको आरोप लगाएका छन् ।
बिहिबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद ज्ञवालीले यस्तो आरोप लगाएका हुन् । उनले सत्तारुढ दलका कार्यकर्ताले विषयान्तर गर्न आफूलाई ट्रोल बनाएको समेत दावी गरे ।
उनले खाद्यान्नमा ४० प्रतिशत मूल्यबृद्धि भएको, पेट्रोलियम पदार्थमा ४२ प्रतिशत मूल्यबृद्धि बढेको बताए । सरकारले फलाम उद्योगलाई सहुलियत दिएपनि निर्माण सामाग्रीमा पनि मुल्य बढेको बताए ।
सार्वजनिक यातायातमा २८ प्रतिशत र ढुवानी भाडामा २६ प्रतिशत भाडा बढेको उल्लेख गर्दै मुद्रास्फीति झन्डै १० प्रतिशत बढेको बताए । तर मजदुरको ज्यालाको दर भने नबढेको उल्लेख गरे ।














