चालु आवको अन्तिम दिन नेप्सेमा ८ अंकको सुधार

केन्द्रभाग मिडिया

चालु आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । सुरुवाती उताचढावका बीच सेयर बजार अन्तिम समयमा समान्य बढेर बन्द भयो ।

शुक्रबार नेप्से ७/९३ अंकले बढेर २००९/४६ अंकमा बन्द भएको छ । आव बैंकिङसहित विकास बैंक, लघुवित्त जीवन बीमा समूहसहति लगानी कोष उपसूचकमा वृद्धि भएको छ । लघुवित्त उपसूचक सर्वाधिक १.५७ प्रतिशत र बैंकिङ उपसूचक १.३८ प्रतिशतले वृद्धि भएको हो ।

नेप्सेमा समान्य वृद्धि हुँदा २ घण्टा मात्रै सञ्चालन भएको बजामरा करिब डेढ अर्बको कारोबार भएको छ । ४० लाख ५१ हजार ७७१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ६३ लाखको कारोबार भएको छ । कारोबारमा आएकामध्ये अपर तामोकोशी हाइड्रोपावरको १९ करोड ७२ लाखको कारोबार भएको छ ।

यस्तै एभरेष्ट बैंकको ६ करोड ९५ लाखको कारोबार भएको छ ।शुक्रबार धेरै मूल्य बढ्ने ५ वटाको सूचीमा ऋणपत्र सामूहिक लगानी कोषका इकाइहरु परेका छन् ।

  • ३१ असार २०७९, शुक्रबार १४:३२ प्रकाशित