पोखरा।
केही दिनदेखि बेलायती पाउण्डको भाउ घटबढ भईरहेको छ । साताको अन्तिम दिन आज शुक्रबार पाउण्डको भाउ हिजोको तुलनामा घटेको छ ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९० पैसा र बिक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५२ रुपैयाँ २० पैसा रहेको थियो ।
यस्तै आज एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।भने युरो एकको खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३१ पैसा रहेको छ। एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ८२ पैसा र बिक्रीदर ९१ रुपैयाँ २४ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३४ रुपैयाँ १३ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७२ पैसा र बिक्री दर ३४ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६९ पैसा र बिक्रीदर २८ रुपैयाँ ८३ पैसा रहेको छ ।