विश्व बैंकले नेपाललाई १० अर्ब सहयोग गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व बैंकले नेपाललाई १० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बैंकले नेपालको खानेपानी तथा सरसफाई सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो ।

बुधबार एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा हस्ताक्षर गर्दै अर्थसचिव मरासिनीले यस सहयोगले मुलुकको अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने र अति जोखिममा परेका समुदायहरूलाई, पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मद्दत गर्ने बताएका छन् ।

  • २९ असार २०७९, बुधबार १४:४० प्रकाशित