आज डलरको भाउ कति छ ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा।

साताको तेस्रो दिन (मंगलबार) नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी विनिमय मुद्रादर अनुसार आज एक डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । यस्तै बेलायती पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १३ रहेको छ ।

आज यूरो एकको खरिददर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७४ पैसा रहेको छ ।यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४७ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ३७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८० पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९४ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६४ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ ।

 

  • २८ असार २०७९, मंगलवार ०९:४८ प्रकाशित