काठमाडौं ।
आजदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंक औपचारिक रूपमै मर्जर हुने भएका छन् ।
आज बेलुका ४ स् ३० बजे दुई बैंकबीच मर्जरको घोषणा हुदैछ । योसँगै मर्जरपछिको एकीकृत कारोबार नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैक बन्नेछ । बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्ने छ ।
हाल नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड रहेको छ ।नबिल-एनबी १०० : ४२ स्वाप रेसियोमा मर्जरमा जाने भएका हुन् । अर्थात् नबिलको १०० कित्ता बराबर एनबीको ४२ कित्ता हुने गरी मर्जर सहमति भएको हो । असार १५ गते दुवै बैंकको सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम सहमति दिएको थियो ।